राष्ट्रिय दलितपत्रकार संघ पर्साको बैठक सम्पन्न भएको छ ा बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकि स्थित रहेको दलीत पत्रकार संघ कार्यालयमा संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा बैठक भएको हो ा
बैठकले यही मंसिर २९ गते बुधवार औपचारिक रुपमाकार्यालयको उद्घाटन गर्ने निणर्य गरिएको अध्यक्ष पासवानले बताए ा बैठकमा विशूद्ध रुपमादलितका मुद्धा र आवाजलाई उठान गर्ने अभिप्रायले संघले मासिक रुपमापत्रिकाप्रकाशनगर्नुका साथै अनलाईन सञ्चालनगर्ने निणर्य भएको हो ा
बैठकलाई सम्बोधनगर्दै संघका सल्लाहकार बृजलालपासवानले मासिकपत्रिका र अनलाईनले महत्वपुणर् भुमिका निर्वाह गर्दै पर्सा जिल्लाभरी रहेका दलितहरुको आवाज बुलन्द गर्नै बताउंदै राज्यबाट पाउन हक र अधिकारको बारेमा संघले पहल गर्ने सल्लाहकार पसावानले बिश्वास ब्यतm गरे ा दलित पत्रकार संघ पर्सा जिल्ला अध्यक्ष श्याम पासवानले दलितहरुको हकअधिकार र बिकाशका लागी कुनै कसर बांकी नराख्ने बताएका छन् ा
बैठकमा संघका उपाध्यक्ष सुरेश बादल, सदस्यहरु सुबास राम, रामबाबु राम महरा, संगीता दास, सुशिलहजरा, ईश्ककुमार पासवान, दलितअगुवाबुनेल रामलगायतको उपस्थिती रहेको थियो ।