लागु औषध सहित मकवानपुर प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ ा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेकप्वाईन्ट नजिकै बीरगंज बाट काठमांडौ जाँदै गरेको ना ५ ख ४८०२ नम्बर यात्रुबसलाई रोकी चेकजांच गर्दा चितवान रत्ननगर नगरपालिका वडा नम्बर २बस्ने टांडी बस्ने ५२ वर्षिय नारायाण खड्कालाई शंकाको आधारमा शरीर खानतलाशी गर्दा लुकाई छिपाई राखेका अवस्थामा अबैध लागु औषध खैरौ हिरोईन पांच गा्रम २८० मिलीग्राम बरामद भएको प्रहरीले जनाएको छ ा यसैगरी हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ सहिद स्माकर गेट नजिक पैदल हिडीरहेका ब्यतिm माथी शंकाका आधारमा मकवानपुर प्रहरीले शरीर खानतलाशी गर्दा लागु औषध खैरौ हिरोईन १ ग्राम २०० मिलीग्राम सहित चितवान राप्ती निवासी नगरपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षीय अर्जुन अधिकारीलाई नियन्त्रणमा लिएको छ ा लागु औषध सहित प्रकाउ परेका अधिकारी र खड्का मकवानपुर प्रहरीको हिरासतमा रहेका छन् ा