श्रोत खुल्न नसकेको रकम सहित पर्सा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले बताउनु भयो ा अबैध हुण्डीको कारोबार भईरहेको सुचना आएको प्रहरी उपरिक्षक बस्नेतले भने, सोही सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका का्रईम बान्च्रका सई बिनोद सिहं ठकुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले १८ लाख नेपाली रुपैया सहित बीरगंज महानगरपालिका वडा नम्बर १० बस्ने ४४ वर्षिय ओमप्रकाश कानु र सोही स्थान बस्ने २८ वर्षिय चन्दन कुमार प्रकाउ परेका छन् ा बीरगंजको घंटाघरबाट ना १६ प ५४४६ नम्बरको मोटरसाईकलमा सवार भई आर्दशनगर जांदै गर्दा प्रहरीले मोटरसाईकल रोकेर चन्दन कुमार साहले बोकेको ब्याग चेकजांच गर्दा १८ लाख रुपैया बरामद भएको प्रहरी प्रमुख बस्नेतले बताउनु भयो ा प्रकाउ परेका दुबैजनाले रकमको श्रोत खुलाउन नसक्दा हुण्डीको कारोवारमा संकलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको छ ा प्रहरी हिरासतमा रहेका ओम प्रकाश कानु र चन्दन कुमारलाई बैंक तथा बितीय संस्था सम्बन्धी ऐन मृद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको पर्सा प्रहरीले जनाएको छ ा प्रहरीले मोटरसाईकल पनि नियन्त्रणमा लिएको हो ा