अबैध गांजा सहित मकवानपुर प्रहरीले बोलेरो गाडी सहित दुईजनालाई प्रकाउ गरेको छ ा सुचनाको आधारमा मनहरीबाट हेटौडा तर्फ आउंदै गरेको ना ५ च २३६१ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकेर प्रहरीले चेकजांच गर्दा गाडीको माथिल्लो भागमा त्रिपालले छोपेर लुकाई छिपाई राखेको अवस्थामा ३५ किलो ४ सय ग्राम लागु औषध गांजा सहित सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षिय किरण घिमीरे र उतm गाडीमा सवार भएका सिन्धुली हरिहरपुरगढी नगाउपालिका वडा नम्बर ७ घर भएका हाल सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षिय आकाश तामांड थिड प्रकाउ परेका हुन् ा बोलेरो गाडीमा गांजा सहित प्रकाउ परेका घिमीरे र थिडलाई मकवानपुर प्रहरीले अनुसन्धान थालिएको छ ा