जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला टा्रफिक प्रहरी कार्यालयको संयुतm आयोजनामा साप्ताहिक टा्रफिक सचेतना अभियान बीरगंजमा शुरु भएको छ ा सवारी दुर्घटना न्यनुीकरण गर्न टा्रफिक नियमको पालना गराउन उदेश्यका साथ बीरगंजको आर्दशनगर एरियामा गुडीरहेका सवारी साधान, मोटरसाईकलमा स्टिकर लगाउनुको साथै चालक एवम पैदल यात्रुहरुलाई टा्रफिक नियम पालना गराईएको थियो ा सप्ताहिक टा्रफिक सचेतना कार्यक्रममा सर्वसाधारणहरुलाई टा्रफिक नियम सम्बन्धी पर्चा बितरण समेत गरिएको छ ा सप्ताहिक टा्रफिक सचेतना कार्यक्रमको उद्घाटन गर्दे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले टा्रफिक नियमको पालना गर्नुको साथै अरुलाई पनि पालना गर्न अभिप्रेरित गर्नुपर्ने कुरामा जोड दिनु भयो ा उद्घाटन कार्यक्रममा बोल्दै पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले टा्रफिक नियमको पालना गर्नु भनेको आफु सुरक्षित रहनु हो ा टा्र्रफिक नियमको पालना गरेपछि मात्र दुर्घटना न्युनीकरण हुने सक्ने प्रहरी उपरिक्षक बस्नेतले बताउनु भयो ा सोमबार देखी शुरु भएको टा्रफिक सप्ताहिक कार्यक्रम २०७८ पुष ४ गते सम्म जारी रह्ने जिल्ला टा्रफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले बताए ा अभियानको दोस्रो दिन बीरगंजको घंटाघर सहित जिल्ला टा्रफिक प्रहरी कार्यालय पर्साले नगर क्षेत्र भित्र पर्चा बितरण , सन्देशमुलक , जिंगल बजाउने र २९ गते बसपार्क डाईपोर्ट परवानीपुरमा ठुला सवारी चालक र सहचालकलाई सचेत बनाउने कार्यक्रम रहेको प्रहरी निरीक्षक कार्कीले भने, ग्रिनसिटी सामुदायीक सेवा केन्द्र र प्रहरी सेवा केन्द्र आर्दशनगरको सहकार्यमा सचेतनामुलक स्टिकर तथा पर्चा पम्पलेट बितरण गरेर अभियान शुभारम्भ गरिएको थियो ा कार्यक्रममा सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति राजेन्द्र खड्का, चण्डी प्रसाद गणका गणपति मनोज कार्की, पर्साका प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्की, प्रहरी निरीक्षक शोभन बिक्रम राणा बिपद ब्यवस्थापन गुल्मका प्रहरी निरीक्ष्ाँक नितेश सिंह , सामुदायीक सेवा केन्द्र मुर्लीका अध्यक्ष रामकुमार सर्राफ, छपकैया सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष ग्यासुद्दीन मियाँ ठकुराई लगायतको उपस्थिती रहेको थियो ा