लायन्स क्लबको एकलाख अमेरिकी डलरको लगानीमा बीरगंजको श्रीपुर बिधापिठ माविमा बहुउद्देश्यीय हल निर्माणका लागीका लागी बीरगंज महानगरपालिका मेयर बिजय सरावगीले ४७ लाख चेक हस्तान्तरण गर्नु भएको छ । लायन्स क्लबको एक कार्यक्रमको बीच नगर प्रमुख सरावगीले हल निर्माणका लागी नेपाली रुपैया ४७ लाखको चेक मार्फत हस्तान्तरण गर्नु भएको हो । त्यस्तै महानगर प्रमुख सरावगीले गरिब तथा विपन्नहरुको आँखाको निःशुल्क उपचारका लागि पनि आर्थिक सहयोग गर्नुभएको छ । महानगरपालिकाको नगर स्तरीय बजेटबाट गरिब बिपन्न ब्यक्तिहरुको अँखाको निःशुल्क शल्यक्रिया गर्नको लागि पाँच लाख रुपैया आर्थिक नेत्रज्योती संघका कर्मचारीले बताए । यसैगरी नगर प्रमुख सरावगीको सेवा सुविधाबाट संचालन गरेको मेयर कल्याणकारी कोषबाट पनि चार जना जेहेन्दार तथा बिपन्न छात्रछात्राहरुलाई अध्ययनका लागि सहयोग गर्नुभएको छ । महानगर प्रमुख सरावगीले (छात्रवृत्ति) स्वरुप चारजनालाई चेक हस्तान्तरण गर्नुभएको नगर प्रमुखको सचिवालयले जनाएको छ । यसैबीच महानगर प्रमुख विजय कुमार सरावगी शनिबार निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन पर्साको १५ औं जिल्ला अधिवेशनमा पनि विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको हो । नगर प्रमुख सरावगीले शिक्षा, स्वास्थ्य र सामाजिक विकास नै मुलुको आर्थिक विकासको प्रमुख आधारस्तम्भहरु रहेकोले यी क्षेत्रहरुको विकास अनिवार्य रहेको बताउनुभयो । नगर प्रमुख विजय कुमार सरावगीले सामाजिक विकासको सहयोगमा निरन्तरता दिनुभएको छ ।