अबैध तरिकाले सालको चिरान काठ ल्याउंदै गर्दा मकवानपुर प्रहरीले पिकअप गाडी सहित दुईजनालाई नियन्त्रणमा लिई थप कारवाहीको लागी डिभीजन बन कार्यालय राप्ती पठाएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्नै क्रममा बस्ती चोक तर्फ आउदै गरेको बागमती प्रदेश ०३, ००१, च १२६० नम्बरको पिकअप शंकाको आधारमा चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थामा सालको चिरान काठ ६३ वटा फेन्टा ८८,६० क्युफिट सहित हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षिय सुशान लोप्चन, सोही गाडीमा सवार भएका १८ वर्षिय सुदिप लोप्चनलाई नियन्त्रणमा लिएको हो ।