छोटो समयावधि मै बीरगंजमा अकुत सम्पती आर्जन गरेका गोपाल साह सोनार भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन परेको छ । भारत बिहार आदापुर ईनर्वा वाड नम्बर ४ काला श्रीसिया पन्चायत निवासी शम्भु साह सोनारका सुपुत्र गोपाल सोनारले नेपाल सरकारलाई झुठो बिवरण पेश गरी नेपाली नागरिता लिन सफल भएका छन् ा २०६३ साल जन्मको आधारमा नेपाली नागरिता लिएका गोपाल संग भारतीय नागरिता रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको हो । गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई बोधार्थ हुने गरी गोपाल साह सोनारका काका महादेब साह सोनारका छोरा शम्भु साह, दिगम्बर साह, असर्फी साह, रामनाथ साह, र बच्चा साह भनिने रामनरेश साह सोनार संग नेपाल र भारतको दुबै नागरिता रहेको भन्दै २०७८, ७, १ गते जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता समेत रहेको स्पष्ट देखिएको छ । यी सबै भारतीय नागरिक रहेको हुनाले झुठो बिवरण पेश गरी पर्सा जिल्ला साबिक गाबिस वडा नम्बर ३ हाल बीरगंज महानगरपालिका वडा नम्बर २८ बाट नेपाली नागरिता लिएको भन्दै छानबीन गर्नका लागी जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको थियो ा २०७८, ७, १५ गते गृहमन्त्रलायको नागरिता फांटबाट नागरिता छानबीन गरी दोषी ठहर भएमा कारवाही र नागरिता रद्द गर्ने जिल्ला प्रशासन कार्यालय पर्सामा पत्रचार भएको छ । बीरगंज वडा नम्बर २८ बाट जन्मको आधारमा नेपाली नागरिता लिएका गोपाल सोनार, बच्चा सोनार, शम्भु सोनार, दिगम्बर सोनार र असर्फी सोनार हाल बीरगंजको रानीघाटमा आलीशान बंगलामा बस्दै आएका छन् । बिगत २० वर्ष पहिला भारत बिहारको आदापुरबाट शम्भु सोनार र महादेव सोनार नेपालको बीरगंजमा प्रवेश गरेका हुन् । सुन चांदीको पसलमा काम गरेका शम्भु र महादेब बीरगंजमा दिनभरी काम गरी सांझ पख आफनो देश फर्किने गरेको उनका सहकर्मीले भने, नेपाल आउंदा केही थिएन् तर १५ वर्ष देखी शम्भु साह सोनार छोरा गोपाल सोनार र महादेब साह सोनारका सुपुत्र बच्चा साह सोनार घनाढ्य भएका सोनार जातीका एक ब्यतिmको भनाई रहेको छ । थौरै समयमा अर्बो रुपैया आर्जन गरेका गोपाल साह र बच्चा साह सुनको तस्करी गरी फड्को मारेका ब्यतिm हुन् । अबैध तरिकाले सुन खरीद गरी गोपाल र बच्चाले भरियाको मार्फत सुन तस्करी गराएका छन् । सुन तस्करीमा गोपाल ,र बच्चा संगै बीरगंज आर्दशनगर लोहारपटी रोड बस्ने राजु दारुकाको पनि संकलग्नता रहेको छ । राजु दारुका सुन तस्करीमा अघोषित पार्टनर हुन् । राजु दारुका ३३ किलो सुन काण्डमा मुछिएका ब्यतिm पनि हुन् । बीरगंजमा यी तिनैजना मिलेर सुन तस्करी धन्दालाई फस्टाएका छन् । गोरखधन्दामा अर्बौ रुपैया आर्जन गरेका गोपाल सोनारले मनोकामना मनी चेन्जरबाट नै अबैध हुण्डीको कारोवार गर्दे आईरहेका छन् । मनी चेन्जरको माध्यमबाट गोपाल सोनारले दैनिक करोडौ रुपैया राजस्व छली गरी भारत तर्फ हुण्डी गरीरहेका छन् ा पर्सा प्रहरीले हुण्डीको कारोवार गरेको अभियोगमा गोपाल सोनारलाइ प्रकाउ पनि गरिसकेको छ । अहिले पनि गोपाल साह सोनारको अबैध रकमको कारोवार संचालनमा नै रहेको एक भरपर्दो श्रोतले भनेका छन् । अबैध तरिकाले अर्बो रुपैया कमाएका गोपाल साहले जग्गा र जमिन ब्यापक खरीद गरेका छन् । बीरगंजको नगर क्षेत्र लिंकरोड , पानमण्डी, लगायत स्थानहरुमा २५ करोडौ रुपैया भन्दा बढीको जग्गा खरिद गरेका छन् । गोपाल साहले नेपाल सरकारको राजस्व र सम्पति सृद्दिकरणबाट जोगनका लागी बैंकबाट कर्जा लिएको प्रमाण देखाउने गर्छन् ा उनी राजस्वबाट बच्नका लागी गोपाल सोनारले बैंक कर्मचारीहरुको मिलोमतोमा करोडौ रुपैया कर्जा रहेको प्रमाण पत्र लिएको उनका निकटम ब्यतिmले बताए । यसरी गैर नागरिकले देशको राजस्व मारिहेका र नेपाल सरकारलाई झुठो बिवरण पेश गरेका सोनारद्धयलाई कारवाही हुनुपर्ने बीरगंजका वासिन्दाहरुको भनाई रहेको हो । यस सम्बन्धी गोपाल र बच्चा सोनारलाई बुझन खोज्दा सम्र्पकमा आएनन् ।