लागु औषध गांजा सहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीटोलीले मनहरी गाउंपालिका वडा नम्बर ९ पुर्ब पश्चिम लोकमार्गमा गस्ती गर्ने क्रममा पैदल हिडीरहेका ब्यतिmलाई शंकाको आधारमा चेकजांच गर्दा मकवानपुर राक्सिराड गाउपालिका वडा नम्बर ९ बस्ने १९ वर्षिय कृष्ण कुमार सुनारबाट १० किलो अबैध गांजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका सुनारले पिँठ्र्युमा बोकी झोलामा लुकाई छिपाई लगी रहेको लगीरहेको अवस्थामा प्रकाउ परको हुन् ा गांजा सहित पकाउ परेका सुनारलाई थप अनुसन्धान थालिएको मकवानपुर प्रहरीले जनाएको छ ।