पर्सा प्रहरीले २८ दिनमा एक करोड पच्चास लाख भन्दा बढी मुल्य बराबरको राजस्व उठाउन सफल भएको छ । प्रहरी प्रधान कार्यालयले गत मंसीर पर्साका प्रहरी उपरिक्षकको सरुवा गरेपछि मंसीर १२ गते पर्साको प्रहरी प्रमुखको हैसियतले आगमन हुनु भएका प्रहरी उपरिक्षक रमेश बस्नेतको कमाण्डमा खटिएका प्रहरी टोलीले थोरै समयमा एक करोड पच्चास लाख भन्दा बढी रुपैया राजस्व उठाउन सफल भएका छन् । प्रहरी उपरिक्षक रमेश बस्नेतले मंसिर महिनामा मात्र १ करोड , १३ लाख, ७० हजार , ९ सय ३७ रुपैया पुष महिनामा ३४ लाख, १७ हजार ८०० रुपैया भन्सार छली ल्याएको तस्करीको सामाग्री बरामद गरी कुल एक करोड , ४७ लाख, ८८ हजार , ७३७ रुपैया राजस्व दाखिला गर्नु भएको छ । पर्साका प्रहरी प्रमुख रमेश बस्नेतको बिशेष सुचनाको आधारमा बीरगंजको बिभिन्न स्थानहरुबाट चोरी पैठारी गरी अबैध तरिकाले भन्सार छली ल्याउने क्रममा प्रहरीले प्रकाउ गरी थप कारवाहीको लागी बीरगंज भन्सार र राजस्व अनुसन्धान कार्यालयमा पठाएको हो । यसै गरी अबैध तरिकाले श्रोत नखुलेको रकम १८ लाख नेपाली रुपैया सहित दुईजनालाई प्रकाउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको हो । प्रहरी उपरिक्षक बस्नेतको सक्रियताले बिभिन्न मुद्धामा फरार रहेका ७ जना अपराधीलाई प्रकाउ गरी कारवाही गरेको पर्सा जिल्ला अदालतका एक कर्मचारीले भने, ७ वटा फरार अपराधीहरुबाट १ लाख ७५ हजार ५ सय ९९ रुपैया जरिवान गरिएको बताए ा पर्सा प्रहरीले लक्ष्य भन्दा बढी राजस्व दाखिला गरेको बीरगंज भन्सारका एक कर्मचारीले बताउनु भयो । जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रहरीको दायित्व रहेको प्रहरी उपरिक्षक बस्नेतले भन्नु भयो, आफनो कर्तब्यबाट पछाडि हट्ने प्रहरीले जागरि छाडे पनि हुन्छ । जिल्लावासीलाई शान्ति सुरक्षाको अनुभुति दिनु मेरो प्रहिलो प्राथमिकता रहेको पर्साका प्रहरी प्रमुख रमेश बस्नेतले बताउनु भएका छन् । कुनै पनि प्रहरी गतल क्रियाकलापमा संकलन रहेको प्रमाण भेटेपछि कारवाही गरिने बताउनु भएको भयो ।