पर्सा प्रहरीले भन्सार छली ल्याएको ट्रक सहित एकजनालाई नियन्त्रणमा लिई थप कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । ना ३ ख ७४८ नम्बरको मालवाहक मिनी ट्रकले भन्सार छली अबैध तस्करीको सामाग्री लगीरहेको पर्सा प्रहरीलाई सुचना आएपछि सोही सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर ८ घंटाघर नजिकै उतm ट्रक नियन्त्रणमा लिई चेकजांच गर्दा ट्रकले बोकेको सामाग्रीको बिलबिजक देखाउन नसक्दा नियन्त्रणमा लिएका पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ।
लत्ताकपडा तथा खुद्रा सामाग्रीसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० निवासी ३७ वर्षीय ९चालक० प्रेम बहादुर स्याङ्बो तामाङ्लाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । खनालका अनुसार पक्राउ परेका तामाङ्विरुद्ध राजस्व छली सम्बन्धी कसूरमा आवश्य अनुसन्धान थालिएको छ ।