अबैध हथियार र लागु औषध सहित बारा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कटुवा बन्दुक सहित परवानीपुर गाउंपालिका वडा नम्बर ४ चैनपुर बस्ने छोरा २४ वर्षिय सनवर देवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए । हथियार बोकी हिडीरहेको जानकारी आएपछि प्रहरीले परवानीपुर नजिककै रहेको लक्ष्मी नारायण दुर्गा मन्दिरबाट प्रकाउ गरेको हो । देवानले बन्दुक कम्मरको भागमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले शरीर खानतलाशी गर्दा कटुवा बन्दुक बरामद गरिएको प्रहरी उपरिक्षक शाहीले बताएका छन् । देवानको साथबाट अबैध लागु औषध नाइटा्रेभेट ८ पिस बरामद गरिएको छ । हथियार र लागु औषध सहित प्रकाउ परेका देवानलाई लागु औषध तथा हाथहथियार मुद्धा दर्ता गरी बारा जिल्ला अदातलबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।