बारा प्रहरीले भन्सार छली ल्याएको तस्करी सामाग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा अबैध तरिकाले भारतीय जुता चप्पल नियन्त्रणमा लिएको बाराका डिएसपी एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । द्यच७ ा ९७२९ भारतीय नम्बरको मोटरसाईकलमा लोड गरी भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको अवस्थामा महागढीमाई नगरपालिका वडा नम्बर २ भुतही पुल नजिकै तस्करहरुले सादा पोशाकमा प्रहरीलाई हेर्न बितीकै मोटरसाईकल छाडी फरार भएका हुन् । प्रहरीले मोटरसाईकल सहित १ काटुनमा रहेको जुता चप्पल बरामद गरी थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको डिएसपी थापाले बताउनु भएको छ । बरामद गरिएको जुता चप्पलको मुल्यांकन प्रहरी एक लाख २५ राखेको हो ।