सशस्त्र प्रहरीले अबैध लागु औषध गांजा पर्साबाट प्रकाउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रदेश नम्बर २ छिन्मस्ता बाहिनी बर्दीबासबाट खटिएको चारजनाको स्ववाड टोलीले १५० केजी लागु औषध गांजा सहित पिकअप भ्यान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रदेश नम्बर २ का डिआईजी गणेश थाडा मगरले बताउनु भयो । गांजा ओसार पोसार भईरहेको सुचना आएको डिआईजी मगरले भन्नु भयो, सुचना पाउन बितीकै स्ववाड टोलीमा खटिएका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार प्रमोद बैठाको कमाण्डमा खटिएका सशस्बप्रहरी हवल्दार बषिट पेटल , जवान सुर्दशन बैठा लागयतका प्रहरी टोलीले बीरगंजबाट भिष्वा तर्फ जांदै गरेको बा ५ च ६५५३ नम्बरको पिकअप भ्यानलाई रोकी चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थामा नेपालमा प्रतिबन्धित रहेको १५० किलो गाजा प्रकाउ गरेको हो । गांजा बोकेको पिकअप भ्यानका चालक भने फरार रहेका छन् । प्रहरीले गाडी रोकेर चेकजांच गर्दा नै चालक फरार भएका छन् । बरामद गरिएको गांजा सहित गाडीलाई थप कारवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाईएको छ ।