जुवा तास खेलीरहेको अवस्थामा मकवानपुर प्रहरीले आठजना जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ । मकवानपुर बकैया गाउंपालिका वडा नम्बर ८ बैरुड्र्दमार खुल्ला चौरमा कौडा खेलीरहेको प्रहरीलाई स्थानिय वासिन्दाहरुले सुचना दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले रंगेहात कौडा खेल्ने क्रममा ८ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो । प्रकाउ पर्नेहरुमा मकवानपुर बकैया गाउंपालिका वडा नम्बर ९ हर्कपुर बस्ने ३६ वर्षिय लामा बम्जन, सोही स्थान बस्ने ४० वर्षिय दिपलाल थोकरा, ४९ वर्षिय सुन्दर घिसीड, ५छ वर्षिय राम बहादुर थिड, ३२ वर्षिय शुसिल लामा, ३८ वर्षिय कमल थिड, ४५ वर्षिय बिजय बाईबा र २६ वर्षिय आकाश न्यासुरा रहेका छन् । प्रहरीले कौडा १६ थान र ६७,६३५ रुपैया नगद बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रकाउ परेका ८ जना जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।