खाधान्न सामा्रगी तथा किराना पसलको समान ओसार पसार गर्ने भुमि बिमान ढुवानी सेवाले अच्चम तरिकाले तस्करी फस्टाएको छ । हेटौडा देखी संचालन गरिएको भुमि बिमान ढुवानी सेवाले बीरगंज , नारायणगाढ लगायतका जिल्लाहरुमा आफनो सेवा सुचारु गरेको छ ा उतm ढुवानी सेवाले बीरगंजबाट सहज तरिकाले नेपाल सरकारको राजस्व मारेर अबैध तरिकाले खाधान्न सामा्रगीको नाममा तस्करी समान ओसार पसार गरीरहेको भुमि बिमानका पुर्व एक कर्मचारीको भनाई रहेको छ । भारतको रक्सौलबाट भन्सार छली नेपाल भित्रियाएको भारतीय कपडा , कुर्ता सुरुवाल, रजनीगन्धा अचार, पेय पदार्थ रेडबुल लगायतका सामा्रगीहरु तस्करी गरीरहेको छ । नेपाल सरकारको राजस्वमा असर पर्नेगरी े भुमि बिमान ढुवानी सेवाबाट नक्कली बिल काटेर हेटौडा तर्फ जाने गरेको भरपर्दो श्रोतले भने, उतm बिल प्रशासनले चेक गर्यो भने भुमि बिमान टा्रन्सपोर्ट सतह कारवाहीमा पर्ने बताएका छन् । तस्कर संग सांठगाठ गरेको भुमिबिमानका कर्मचारीहरु पनि नक्कली बिल काटेर पठाई रहेका छन् ा बीरगंजको घोडाबजार नजिककै रहेको उतm ढुवानी सेवाले रजतजयन्ती चौक देखी बसपार्क र आर्दशनगर लगायत स्थानहरुबाट रातीको बखतमा तस्करीको सामा्रगी लोड गर्ने गरेको छ । भारतीय निलोन कम्पनीको अचार पानीपुरी बिकाजी पापड र रसगुल्ला लगायतका सामानहरुको भन्सार छली पैठारी गरी उतm टा्रन्सपोर्टमा लोड हुने गरेको हो । चोरी पैठारी गरी ल्याएको तस्करीको सामाग्रीहरु बीरगंजको स्थलमार्ग हुदै हेटौडाको गोदामा सम्म सहज तरिकाले पुग्ने गरेको छ । भुमि बिमानको हेटौडा स्थित रहेको गोदाममा प्रशासनले अनुगमन गर्यो भने उतm टा्रन्सपोर्टको गोरखधन्दाको भण्डाफोर हुने श्रोतको दाबी रहेको छ । बीरगंजबाट खुलेआम टा्रन्सपोर्टबाट तस्करी हुदांपनि प्रशासन मौन बस्नुको कारण के हो भन्दै बीरगंजवासीहरुको जिज्ञासा रहेको छ । राजस्व छल्दै आएको भुमि बिमान ढुवानी सेवालाई कारवाहीको दायरामा आउंछ कि आउदैन् त्यो भने हेर्न बांकी नै रहेको छ ।