लागु औषध सहित पर्सा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । भारतको रक्सौलबाट खरीद गरेर लागु औषध बीरगंज भित्रिएको पर्सा प्रहरीलाई सुचना आएपछि सादा पोशाकमा खटिएका प्रहरी टोलीले लागु औषध सहित बीरगंज महानगरपालिका वडा नम्बर १३ मुर्ली बस्ने १९ वर्षिय बिक्रम सरार्फलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश बस्नेतले बताउनु भयो । प्रकाउ परेका सरार्फले बोकेका कालो प्लाष्टिकको े क्षोला भित्र लुकाई छिपाई राखी पदैल हिडीरहेको अवस्थामा प्रहरीले चेकजांच गर्दा अबैध लागु औषध नुफ्रिन ३५० एम्पुल , डाइजीपाम ३५० एम्पुल, र फेनारगण ३५० एम्पुल गरी १०५० पिस सहित प्रकाउ परेका छन् ा लागु औषधमा प्रकाउ परेका बिक्रम सरार्फलाई थप अनुसन्धान जिल्ला प्रहरी कार्यालयमा भईरहेको पर्साका प्रहरी प्रमुख बस्नेतले बताउनु भयो ।