लागु औषध गाँजा सहित मकवानपुर प्रहरीले तीनजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ । बिशेष सुचनाको आधारमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १ पालुड बसपार्क नजिकै ना १ ह ७६३८ नम्बरको अटो प्रहरीले चेकजांच गर्दा तरकारी भित्र लुकाई छिपाई राखेको अवस्थामा ६९ किलो ५०० ग्राम सहित अटो चालक मकवानपुर कैलाश गाउपालिका ५ कटहरे घर भई हाल हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने सिताराम मोतmान, सोही स्थान बस्ने अमर बहादुर गिरी र इन्द्र बहादुर मोतmानलाई प्रकाउ गरिएको हो । प्रहरीले गाँजा ओसार पोसारमा अटो प्रयोग गरेको हुनाले अटोलाई पनि नियन्त्रणमा लिएको हो । पकाउ परेका तीनजना अभियुतm माथी लागु औषध मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।