पर्सा प्रहरीले अबैध तरिकाले भन्सार छली ल्याएको ट्रक सहित एकजनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय सुरेश लामा रहेका छन् । प्रहरी हिरासतमा रहेका लामा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रकमा भन्सार छली ल्याएको खुद्रा सामान तथा औषधी लोड गरी बीरंगजबाट पोखरा तर्फ लैजाने क्रममा बीरगंजको घंटाघरबाट प्रकाउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताउनु भयो । एसपी बस्नेतले बताए अनुसार मालवाहक ट्रकमा चोरी पैठारी गरी खुद्रा सामान तथा औषधी लोड गरी लगीरहेको सुचना आएपछि बीरगंज महानगरपालिका वडा नम्बर ८ नजिकै रहेको घंटाघरबाट उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिल बिजक भन्दी बढीको सामान बरामद भएको बताउनु भयो । ट्रकका चालक लामा संग बिल बिजक नभएपछि थप कारवाहीको ६५ लाख रुपैया मृल्यांकन गरी थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको पर्साका प्रहरी प्रमुख रमेश बस्नेतले बताएका छन् । यसैगरी भन्सार छली भारतीय कम्पनीको दुध बसमा लोड गरी काठमांडौ तर्फ लैजाने क्रममा पर्सा प्रहरीले बसपार्कबाट नै १२ काटुन दुध नियन्त्रणम लिएको छ ।