बारा, पर्सा , रौतहट लगायत प्रदेश नम्बर दुईको जिल्लामा कठियांगा्रे जाडोले गर्दा जीनजीवन कष्टकर भएको छ । बाक्लो हुसु र चिसो हावाका कारण जनजीवन नराम्रो संग प्रभावित भएको हो । जाडोले गर्दा बीरगंज नगर क्षेत्र एरियामा मानिसहरुको चहल पहलमा कमी आएको बीरगंज माईस्थान नजिकै रहेको सुन चांदी ब्यवसायी गर्ने जयप्रकाश सरार्फले बताए । जाडो याममा मानिसहरुको चहल पहलमा न्युन भएपछि ब्यवसायमा असर पर्ने गरेको सरार्फले भने, बीरगंजमा तीन चार दिन देखी एक्कासी जाडो बढेको छ । जाडोबाट बच्नका लागी न्यानो कपडा , तातो खाना , तातो पानी, अति आवश्यक काम परेपछि मात्र घरबाट निस्कीन चिकित्सकहरुको बताएका छन् । बुढा पाखा र साना बाल वालिकाहरुलाई शितलहरी बाट बचाउनका लागी बुढा पाखा र साना बालवालिकाहरुलाई अभिभावकहरु बिशेष ध्यान दिनुपर्ने बीरगंजका डाक्टरहरुले भनेका छन् । मौसम परिवर्तन भएको छ , जाडोयाममा लापरवाही नगर्नै बीरगंजवासीहरुलाई चिकित्सकहरुले आग्रह गरेका छन् ा मौसमा परिवर्तनले गर्दा रुखा खोकी, ज्वरो आउने जस्ता लक्षणहरु देखियो भने लापरवाही नगरी नजिकै रहेको क्लिनिक अथवा अस्पतालमा उपचार गराउन चिकित्सकहरुले बताएका छन् ा यसैगरी बीरगंजमा जाडो बढेपछि बीरगंज महानगरपालिका मेयर बिजय सरावगीले नगर क्षेत्र भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई चिसो बाट जोगाउनका लागि आईतवार देखी न्यानो कपडा वितरण अभियान शुरु गरेका छन् ा वीरगंज माहानगरपालिकाको जनकल्याणकारी योजना अन्तर्गत माहानगरका ३२ वटै वडाका जेष्ठ नागरिकहरुलाई प्रत्येक ब्यक्ति एक पिस कम्बल, झुल, छाता र टर्च करिब ६ हजार ब्यक्ति हरुलाई बितरण शुरु गरेको हो । अभियान अन्तर्गत महानगर प्रमुख सरावगीले आज पहिलो वडा नम्बर १४ बाट ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा विभिन्न अत्यावश्यक सामग्रीहरु वितरण अभियान शुरु गर्नुभएको हो यसैगरी चिसो तथा शितलहरी बढेपछि पर्साको जिराभवानी गांपालिकाले सृचना जारी गर्दे सोमवार देखी ६ दिनका लागी बिधालय बन्द गर्ने निर्णय गरेको छ । बाकलो हुसुका कारण जीनजीवन कष्टकर बन्दै गएपछि उतm गाउंपालिकाले पुष १९ गते देखी २४ गते सम्मका लागी बिधालय बन्द गरेको हो ।