सशस्त्र प्रहरीले हथियार तथा लागु औषध सहित एकजनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा २४ वर्षिय महोम्मद राजा कवाडी रहेका छन् । बिदेशी हथियार लिएर हिडीरहेको महोतरी स्थित रहेको सशस्त्र प्रही बल खुटा पीपरादीका सई निलहरी दाहाललाई सुचना आएपछि पांच जनाको कमाण्डमा खटिएका सशस्त्र प्रहरीको टोलीले महोम्मद राजा देवानलाई नियन्त्रणमा लिई शरीर खानतलाशी गर्दा युएस मेड लेखीएको बिदेशी हथियार १ थान , एमएमको पैस्तोल तथा लागु औषध नाईटोभेट १० पिस सहित प्रकाउ परेका हुन् । प्रकाउ परेका महोम्दले हथियार बोकेर महोत्तरी जिल्लामा ठुलो अपराध गर्ने योजना बनाएको शसस्त्र प्रहरीले आंशका गरेका छन् । हथियार तथा लागु औषध सहित प्रकाउ परेका महोम्मद राजा कवाडीलाई थप कारवाहीको लागी नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी प्रदेश नम्बर दुईका डिआईजी गणेश थाडा मगरले बताउनु भयो ।