ठेकेदारले मनपोली तरिकाले सर्वसाधारणहरु संग रकम उठाउंदा पनि बारा पर्साका प्रशासन भने मौन रहेका छन् ा ठेकेदारले टेण्डर पारेपछि स्थानिय तहले तोकेको स्थान र यो शिर्षकमा रकम उठाउने सम्झौता गरेका हुन्छन् । नियम बिपरीत रकम उठायो भने कारवाही हुने स्थानिय तहको ऐनमा उल्लेख गरिएको छ । बारा पर्साका अधिकांश सवारी कर , पिठीया कर, कबाडी कर लगायत टेण्डर लिएका ठेक्दारहरुले नियम बिपरीत खुलेआम रकम असुली गरीरहेका छन् । स्थानिय तहले नगर भित्र प्रवेश गरीसकेका सवारी साधानहरु संग मात्र रकम असुल्ने सवारी करको सम्झौता पत्रमा सहमती हुदां पनि त्रिभुवन राजपथमा सवारी करको नाममा रकम असुली भईरहेको छ । निजी सवारी साधान संग पनि ठेक्दारहरुले रकम असुल्ने गरेको दृश्य बीरगंजको रजत जयन्ती चौक नजिकै रहेको सवारी करको ढाटमा हेर्न सकिन्छ । भारतीबाट नेपाल प्रवेश गरेको भारतीय निजी कार संग पनि एक सय भारतीय रुपैया लिने गरेका छन् ा रजत जयन्ती चौकमा खटिएका ब्यतिmहरुले पुर्जी भन्दा बढीको रकम लिएपछि कयौ पटक मालवाहक ट्रकका चालक र सवारी करका कर्मचारी बीच बिवाद पनि भएको हो करको नाममा ठेक्दारहरुले गुण्डा लगाएर रकम उठाईरहेको बीरगंजवासीहरुको भनाई रहेको छ । त्रिभुवन राजपथमा कर उठाउनु गैर कानुनी रहेको छ । सवारी करको नाममा ठेक्दारले त्रिभुवन राजपथमा नै खुलेआम भारतीय सवारी साधानहरु संग रकम असुली गर्दे आईरहेको हुदां स्थायिन प्रशासन मौन रहेका छन् । झुठो बिवरण पेश गरी नेपाली नागरिता लिएका गैर नेपालीहरुलाई धमाधम कारवाही प्रक्रिया अगाडी बढाएका पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले करको नाममा सर्वसाधारण नागरिकहरुलाई दुख दिईरहेका ठेकदारहरुलाई पनि कारवाही हुने पर्ने बीरगंज निवासी रामले भने, नियम बिपरीत रकम असुल्दै आएको सवारी कर , पिठीया कर र कबाडी करका ठेकदारहरुलाई कारवाही हुनु ेपर्ने बताए । यसैगरी जितपुर सिमरा उपमहानगरपालिका ठेक्दार प्रभु साहले गुण्डा लगाएर पर्साबाट कर उठाउने गरेका छन् ा २०७८, २०७९ को सडक उपयोग शुल्कको नाममा ठेकदार प्रभु साहले रातीको बखतमा अस्थाई प्रहरी चौकी परवानीपुर चौकीको २०० मिटर अगाडी नै पांच जनाको संख्यामा रहेका ब्यतिmहरुले खुलेआम रकम उठाईरहेका छन् । े सडक उपयोग शुल्क बारा जिल्लामा मात्र लिने गरी ठेकेदार प्रभु साहले जितपुर सिमरा उपमहानगरपालिका संग सम्झौता पत्र गरेका हुन् । तर साहले आफनो जिल्ला छाडेर पर्सा जिल्लाबाट नै कर असुली गर्दे आईरहेका छन् । उनको कर असुली धन्दामा परवानीपुर प्रहरी चौकीका सईको पनि साथ रहेको छ । खुलेआम करको नाममा दादागिरी टैक्यास लिईरहेका ठेकेदारहरुलाई कारवाही कहिले होला त