अत्याधिक चिसो बढेपछि बीरगंज नगर एरियामा रहेको बिधालयहरु बन्द गरिएको छ । बिधार्थीहरुलाई कठियांग्रो जाडोयाममा आवत जावत गर्नमा कठिनाई भएको हुनाले गुरुकुल एकडेमी स्कुल चार दिन बन्द गरिएको सो एकडेमीका शिक्षकले बताउनु भएको छ । यसैगरी जाडोले जनजीवन प्रभावित भएपछि पर्साका तीन स्थानिय तहले बिधालयको पठनपाठन बन्द गरेका छन् पर्साको जिराभवाी , ठोरी र धोबनी गाउंपालिकाले सम्पुर्ण संस्थायत र निजी बिधलाय बन्द गर्ने निर्णय गरेका छन् । ठोरी र धोबनी गाउंपालिकाले एक सुचना जारी गर्दे मंगलवार देखी पुष २३ गते सम्म बिधालय बन्द गर्ने निर्णय गरेको छ भने जिराभवानी गाउंपालिकाले सोमवार देखी पुष २४ गते सम्म बिधालय बन्द गरेको निर्णय गरेको हो । जाडोले गर्दा बीरगंज सम्पुर्ण बिधालयहरु बन्द गर्ने निर्णय गरिहेको श्रोतले जनाएको छ । बीरगंजमा पांच दिने देखी लगातार परेको शितलहरी र चिसो हावाका कारण बीरगंजको जनजीवन कष्टकर भएको छ ।