बीरगंज भन्सार छली गरी अबैध तरिकाले भारतीय स्कारपियो गाडी पर्सा जिल्लाको गा्रमिण एरियामा गुडीरहेको पर्सा प्रहरीलाई सुचना आएपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी टोलीले बेवारिशे अवस्थामा स्कारपियो गाडी बरामद गरेको छ । भन्सार छली गरी बिगत केही दिन देखी पर्सा जिल्लाको ग्रमिण एरियामा अनाधिकृत रुपले भारतीय स्कारपियो गाडी चलाईरहेको सुचना आएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरीले भने, सुचना आएको दिन देखी खोजतलाश गरीरहेको थियौ । खोजतलाशको क्रममा नै बीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित रहेको सडकखण्ड नजिकै दचण्छजद्धढढछ नम्बरको भारतीय स्कारपियो गाडी बेवारिशे अवस्थामा फेला परेको प्रहरीको भनाई रहेको छ । गाडी फेला परेपनि एक दिन सम्म कसैले हक दाबी गर्न नआएपछि थप कारवाहीको लागी बीरगंज भन्सार पठाएको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । प्रहरीले बरामद गरेको भारतीय स्कारपियो गाडीको मुल्यांकन प्रन्ध्रलाख रुपैया लगाएर भन्सार पठाएको हो ।