श्रोत नखुलेको रकम सहित सशस्त्र प्रहरीले एक भारतीय नगारिकलाई प्रकाउ गरेको छ । बाराको जिल्लाको सिम्रौनगढ बिओपी सशस्त्र प्रहरीको टोलीले भारत मोतिहारी जितना थाना अगर्वा निवासी १५ वर्षिय बालकबाट श्रोत खुलाउन नसकेको नेपाली रुपैया आठ लाख सहित प्रकाउ गरेको सशस्त्र प्रहरी निरीषक सागर मल्लले बताएका छन् । सिमा्रेनगढको कमलापुरबाट नम्बर प्लेट नभएको मोटरसाईकलमा सवार भई आईरहेका बालकलाई शंकाको आधारमा चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ८ लाख रुपैया बरामद भएको प्रहरी निरीक्षक मल्लले जनाए । प्रकाउ परेका बालकलाई आठ लाख रुपैयाको श्रोत देखाउन पटक पटक भन्दा पनि रकमको श्रोत नखुलाएपछि थप कारवाहीको लागी रुपैया सहित बालकलाई बीरगंज भन्सार कार्यालयमा पठाएको प्रहरी निरीषक मल्लले बताए । खुल्ला सिमा नाका भएको हुनाले हुण्डीको कारोवारीहरुले बालकलाई हुण्डीको काममा प्रयोग गरेको बुझनमा आएको छ ।