अत्याधिक चिसो बढेपछि पर्सा जिल्लाको पोखरीया नगरपालिका र कालिकामाई गाउँपालिकाले पनि बिधालय बन्द गरेका छन् । जाडोले गर्दा जनजीवन प्रभावित भएपछि छात्रा र छात्रहरुलाई बिधलायमा आवत जावतमा कठिनाई भएको हुनाले पोखरीया र कालिकामाई गाउँपालिकाले पुष २१ गते देखी २४ गते सम्म बिधालय बन्द गर्ने निर्णय गरेको हो यसअघि पर्साको जिराभवाी , ठोरी र धोबनी गाउंपालिकाले सम्पुर्ण संस्थायत र निजी बिधलाय बन्द गर्ने निर्णय गरीसकेका छन् । अत्याधिक जाडोको मध्यनजर गर्दे बीरगंजको केही बिधालयहरुले बन्द गरिसकेका छन्। बीरगंजमा छैठो दिने देखी लगातार परेको शितलहरी र चिसो हावाका कारण बीरगंजको जनजीवन कष्टकर भएको छ ।