नेपाल पत्रकार महासंघ पर्साले यस वर्षका लागी गोपाल गिरी स्मृति कृयाशिल पत्रकारीता पुरस्कारका लागी प्रस्ताव गरेको तुलशी भण्डारी र प्रताप श्रेष्ठको नाम सच्याउन पर्साका चार पत्रकार संगठनले मांग गरेका छन् । नेपाल प्रेस युनियन पर्सा , प्रेस सेन्टर पर्सा , समाजवादी प्रेस संगठन र राष्ट्रिय दलित पत्रकार संघले संयुतm रुपमा प्रेस बिज्ञप्ती जारी गर्दे यस वर्षका लागी गोपाल गिरी स्मृति पुरस्कार पत्रकार तुलशी भण्डारी र प्रताप श्रेष्ठको नाम सच्याउने मांग गरेका छन्। प्रेस चौतारीमा आवद्ध रहेका भण्डारी र श्रेष्ठको नाम आउंदा पत्रकार महासंघको कार्य समितीमा रहेका केही सदस्यहरुले बिरोध गर्दा पनि बहुमतको दम्भ देखाएर महासंघले प्रेस चौतारीमा आवद्ध रहेका दुबैजनालाई पुरस्कार बितरण गर्ने निर्णय गलत रहेको भन्दै उतm निर्णयलाई सच्याउन चारवटै संगठनको आरोप रहेको छ ।
नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले गठन गरेका विभिन्न समिति तथा उप–समितिहरुमा सबै आस्थाका पत्रकारहरुलाई समेटनु पर्नेमा त्यसो नगरिएकाले त्यो कदम सच्याउन समेत विज्ञप्ती मार्फत चारै संगठनले माग गरेका छन् ।
त्यसैगरी पुरष्कार वितरणमा पनि मापदण्ड बनाई आवश्यक छलफल तथा छनौट समिति निर्माण गरी पुरानो निर्णयलाई बदर गर्दै पुनः नयाँ निर्णय गर्न समेत उनीहरुले माग गरेका छन् महासंघले बिधि पद्धती नअपनाए र मागहरुलाई वेवास्ता गरे कडा प्रतिबादमा उत्रिने चार वटै संगठनले चेतावनी पनि दिएका छन् ।
विज्ञप्तिमा प्रेस यूनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेण्टर पर्साका अध्यक्ष दिपक गौतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानद्वारा हस्ताक्षर गरेका छन् ।