मोटरसाईकल दुर्घटना हुदां दुईजना सख्त घाईते भएका छन् । हेटौडाबाट चपुर जांदै गरेको प्र २ , ०३, ०१३ प ३५६५ नम्बरको मोटरसाईलक अनियन्त्रित भई जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित रहेको बनगरी पुल नजिकै दुर्घटना हुदां मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने १९ वर्षिय सागर फुयाल र रौतहट चपुर नगरपालिका वडा नम्बर ३ बस्ने सुनिल दाहाल गम्भिरको अवस्था गम्भिर रहेको छ । मोटरसाईकल चालक फुयालको दुर्घटनामा हात खुटा भांचेको छ भने मोटरसाईकल पछाडि सवार भएका दाहालको टाउकोमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । दुर्घटनामा परेका दुबैजनाको स्थानिय अस्पतालमा उपचार नभएपछि थप उपचारको लागी बीरगंजको बयोधा अस्पतालमा रिर्फर गरेको डिएसपी थापाले भने, अवस्था दुबैजनाको नाजुक रहेको भन्दै अहिले नै केही भन्न नमिल्ने बताउनु भयो ।