पर्सा प्रहरीले २४ घण्टा बित्न नपाउंदा तीनजना मोटरसाईकल चोरहरुलाई प्रकाउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको छ । बिगत केही दिन देखी पर्सामा मोटरसाईकल चोरी बिगबिगी भएको थियो । मोटरसाईकल चोरी हुन थालेपछि पर्साका प्रहरी प्रमुख रमेश बस्नेतले चोरहरुलाई प्रकाउ गर्नका लागी सादा पोशाकमा प्रहरी खटाएका थिए । सादा पोशाकमा खटिएका प्रहरी टोलीले बीरगंज नगरक्षेत्र एरियाबाट २४ घण्टाको भित्र तीन चोरहरुलाई प्रकाउ गरेको हो । बीरगंज महानगरपालिका वडा नम्बर ८ पानी ट्रयाकी नजिकै पार्किड गरी राखेको दच द्दद्द द ण्घडठ नम्बरको भारतीय कालो रंगको हिरो होण्डा स्पेलेण्डर मोटरसाईकलको लक्क चक्कु भांचेर भाग्दै गरेको अवस्थामा सादा पोशाका खटिएका प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १४ बस्ने २३ वर्षिय आशिष यादबलाई प्रकाउ गरिएको हो । प्रकाउ परेका यादबलाई जिल्ला प्रहरी कार्यालय पर्सामा थप अनुसन्धान भईरहेको छ । यसैगरी बुधवार मोटरसाईकल चोरी गरी रहेको अवस्थामा पर्सा प्रहरीले दुई चोरलाई प्रकाउ गरेको हो । मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर १५ बस्ने २० वर्षिय अवधेश महतो र सोही स्थान बस्ने २१ सुवास तिवारीलाई प्रकाउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताउनु भयो ।