लागु औषध सहित प्रहरीले दुईजनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा मकवानपुर राक्सिराड गाउंपालिका वडा नम्बर २ बस्ने ४२ वर्षिय भतm थापा मगर र सोही स्थान बस्ने हिरालाल गुरुड रहेका छन् । प्रकाउ परेका दुबैजनाले मकवानपुर मनहरी गाउंपालिका वडा नम्बर ९ पुर्व पश्चिम लोकमागं सडकखण्ड नजिकै पिढ्युमा भारी बोकी लगीरहेको अवस्थामा ईलाका प्रहरी मनहरीबाट खटिएको प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोली गस्ती गर्ने क्रममा शंकाको आधारमा बोकेको भारी चेकजांच गर्दा ४५ किलो अबैध लागु औषध गांजा बरामद गरिएको हो । गांजा सहित प्रकाउ परेका मगर र गुरुडलाई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।