५६ दिन देखी उपचारमा रहेका १७ वर्षिय राधेश्याम पटेलको उपचारको क्रममा नै बुधवार राती ज्यान गएको छ । तराईको महानपर्व छठ पुजाको दिन हिन्दु र मुस्लीम बिच झडप हुदां १७ वर्षिय युवक राधेश्याम पटेल झडपमा घाईते भएका थिए । उनलाई टाउकोमा गम्भिर चोट लागेको हुनाले बिगत दुई महिना देखी बीरगंजको न्युरो अस्पतालमा उपचार भईरहेको थियो । उपचारको क्रममा पटेलको मृत्यु भएको न्युरोका एक कर्मचारीले बताए । मृत्क पटेलको शव पोष्टमार्डमका लागी बीरगंज नारायाण्ी अस्पतालमा राखिएको छ । छठ पुजा मनाउने क्रममा पड्का पड्काउने बिषय लिएर हिन्दु र मुस्लीम सामुदायबीच ठुलो झडप भएको थियो ा सामान्य झै झगडा जातीवादमा परिवर्तन भएपछि दुबै समुहका मानिसहरु घाईते भएका थिए । झडपमा बढी घाईते भएको बोलबम साह कानु, सुमन साह कानु , र राधेश्याम पटेल घाईते भएका थिए । मृत्क राधेश्यामको टाउकोमा गम्भिर चोट लागेको थियो । उनलाई थप उपचारको लागी बीरगंजको न्युरो अस्पतालमा रिर्फर गरिएको थियो । पटेलको उपचारको क्रममा ज्यान गएको भन्दै स्थानिय वासिन्दाहरुले चक्काजाम गर्नुको साथै दोषीलाई कारवाहीको मांग गर्दे मृत्कका परिवारलाई राज्यले झतिपुर्ति समेत दिनुपर्ने मांग गरेका छन् । यता मृत्क पटेललाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ९ जनामाथी ज्यान मार्ने उधोग मृद्धा दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाएको बारामा प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताउनु भयो । घटनामा संलग्न रहेको आरोपमा कलैया १९ ईनरवारी ३० वर्षिय नाजिर हुसैन मियांलाई प्रकाउ गरी मृद्धा चलाई अदालतले पुर्वक्षका लागी बीरगंज कारागारमा पठाएको बताउनु भयो । अन्य भने फरार रहेका छन् उनीहरुको खोजतलाश जारी रहेको एसपी शाहीले बताउनु भएको छ ।