बीरगंजमा एक ई रिक्शा चालकको हत्या भएको छ । बीरगंज छपकैया निवासी ४० वर्षिय नाम खुल्न नसकेको रिक्शा चालको छुरा प्रहरी गरी हत्या भएको हो । चालको अनुहारमा तीनपटक छुरा प्रहरी गरिएको छ भने उनको शव बीरगंज गण्डक स्थित रहेको बयोधा अस्पतालको पछाडि फेला परेको पर्सा प्रहरीले जनाएको छ । स्थानिय वासिन्दाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यता रिक्शा चालकको हत्या बारे प्रहरीले थप अनुसन्धान थालिएको छ ।