शुक्रवार देखी बीरगंजमा कोरोना भाईरस बिरुद्धको खोप अभियान संचालमा आउने भएको छ । खोप लिन छुटेकाहरुलाई मध्य नगरगर्दे बीरगंज महानगरपालिकाले खोप अभियान पुर्ण संचालनमा ल्याएको हो ।
पुष २३ गते शुक्रवार भोलीदेखि २७ गतेसम्म वीरगञ्जका ४५ स्थानमा सञ्चालन हुँदैछ । वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडासहित वीरगञ्जको घण्टाघर, नयाँ बसपार्क, आदर्शनगर चौक, नारायणी सेन्ट्रल अस्पताल, भवानी हस्पिटल, वीरगञ्ज हेल्थ केयर, जिल्ला प्रशासन कार्यालय पर्सा, सामुदायिक सेवा केन्द्र मुर्ली त्रिमुर्ती सिनेमा हल नजिक, सामुदायिक सेवा केन्द्र छपकैया श्रीराम हल नजिक, मुर्ली बगैचास्थित निर्वाचन कार्यालय र सिर्सियास्थित ड्राइपोर्टमा खोप अभियान सञ्चालन हुने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । पहिलो मात्राको खोप लगाउनेहरुले परिचय खुल्ने प्रमाण पत्रका साथै दोस्रो मात्राको खोप लगाउनेले खोप कार्ड अनिवार्य रुपमा ल्याउनुपर्नेछ