चार पांच दिन देखी बेपता रहेका ११ वर्षिय बालकको शव फेला परेको छ । पर्सा जिल्लाको जगरनाथपुर गाउंपालिका वडा नम्बर ६ स्थित रहेको उखुबांरीमा ११ वर्षिय मन्टु पटेलको शव फेला परेको हो , स्थानिय महिलाहरु उखुबांरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय पोखरीया प्रहरी निरीक्षक दिपक थापाले शवको परस्थिती हेर्दा बालको हत्या भएको आशंका गरेका छन् । अहिले नै केही भन नमिल्ने प्रहरी निरीक्षक थापाले भने , घटनाबारे अनुसन्धान भईहरको बताउनु भयो । मृत्क पटेल सोही गाउँका हुन् । उनको हत्या गरेर उखुबारीमा शव फालेको प्रहरीले अनुमान गरेको छ । मृत्कको शव पोष्टमार्डमका लागी बीरगंजको नारायणी अस्पतालमा पठाएको प्रहरीले जनाए । यसैगरी भारत कोलकता घर भई बीरगंजको छपकैयामा बस्दै आएका मुक्तmार मियांको हत्या गरेर बीरगंजको बयोधा अस्पतालको पछाडि शव फेला परेको हो । मियांको हत्याबारेमा पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृत्क मियां बीरगंजमा ई रिक्शा चालक हुन् ।