अबैध तरिकाले ल्याएको राजनीवास गुटखा र गुल दात मन्जन बारा प्रहरीले नियन्त्रणमा लिएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ तिनकुने चौक स्थित खटिएको प्रहरी टोलीले सिराहाबाट काठमांडौ तर्फ जांदै गरेको ना ८ ख ८४१२ नम्बर रात्री बसलाई चेकजांच गर्दा डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा राजनिवास गुटखा १०४ प्याकेट र गुल दांत मन्जन ५८ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताउनु भयो । भन्सार छली ल्याएको सामानको बिल नभएपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान पथलैया बारामा पठाउने कार्य भईरहेको डिएसपी थापाले बताउनु भयो । बरामद गरिएको गुटखा र दांत मन्जनको गुल्यांकन प्रहरीले ४८ हजार , ८ सय ४० रुपैया गरेको छ ।