आगो ताप्ने क्रममा एक महिलाको ज्यान गएको छ । बीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवा निवासी ६० वर्षिय चन्द्रदेबी कुर्मीको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवतmा एवम् डिएसपी ओमप्रकाश खनालले बताउनु भयो । गत पुष २० गते जाडोमा आगो ताप्ने क्रममा एक्कासी साडीमा आगो लागेपछि चन्द्रदेबी कुर्मी शरीरमा जलेको थियो । उनको शनिवार मृत्यु भएको हो