बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बिपी उद्यानको जमिनमा तरकारी , थोक तथा खुद्रा बजार गैर कानुनी तरिकाले संचालित हुदां पनि स्थानिय प्रशासन मौन रहेको छ । सार्वजनिक सम्पतिमा तरकारी , फलफुल थोक तथा खुद्रा बजार संचालन गर्नु भन्दा पहिला महानगरपालिकाले टेण्डर आवहान गर्नुपर्ने नियम रहेको छ । महानगरपालिकाले टेण्डर आवहान नगरी वर्षाे देखी बीरगंजको बिपी उद्यान बजार कसरी संचालनमा आएको े बीरगंज निवासी रमेशले भने, महानगरपालिकाको कर्मचारीहरुको मिलोमतामा बिपी उद्यान े नियम बिपरीत बजार संचालनमा आएको उनको भनाई रहेको छ । खुले आम गैर कानुनी तरिकाले बजार संचालित हुदां पनि स्थानिय सरकारले कानुनी प्रक्रिया अगाडी नबढाउनु को कारण के हो त ? बीरगंज महानगरपालिकाले पटक पटक सडक अतिक्रमण गरी बिपी उद्यानको जग्गामा अनाधिकृत रुपले तरकारी थोक तथा खुदा्र बजार खाली हटाउन ताकेदा गर्दा पनि हाल सम्म खाली हुन सकेको छैन् । २०७८, ४, ४ गते बीरगंज महानगरपालिकाको चलानी दर्ता नम्बर ८२ मा बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बिपी उद्यानमा जग्गामा अनाधिकृत रुपमा अतिक्रमण गरी ब्यापार र ब्यवसाय गरेको भन्दै अतिक्रमण गरेका ब्यतिmहरुलाई हटाउनका लागी जिल्ला प्रशासन कार्यालय पर्सामा पत्रचार गरेको स्पष्ट देखएिको छ । जिल्ला प्रशासन कार्यालय पर्साले २०७८, ४, ५ गते बिहान १० बजे नगर प्रहरीको टोली नेतृत्वमा शान्ति सुरक्षाको आवश्यक ब्यवस्था मिलाई अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिनका लागी पर्सा प्रहरीलाई पटक पटक पत्रचार गरेको हो । बिपी उद्यानमा संचालन भएको तरकारी फलफुल थोक तथा खुदा्र बजारमा ब्यवसायी गरेका प्रत्येक ब्यतिm संग नेपाली रु २० देखी ५० रुपैया लिने गरिएको छ । उतm बजारमा २०० सय भन्दा बढी बजारहरु रहेका छन् । उठाएको रकम कता गएको त ? महिनामा लाखौ रुपैया उठ्ने गरेको रकमको हिसाब किताब खोई त ?महानगरपालिकाले तरकारी, फलफुल , माछा थोक तथा खुद्रा बजार ब्यवस्थापन गर्नका लागी मीना बजार कम्प्लेक्श उपलब्ध गराउंदा पनि बीरगंज नगर क्षेत्र एरियाको श्रीपुर, नगवा, लगायत स्थानहरुको सडक पेटीमा खुले आम दिउंसो नै बजार संचालन गरेका छन् । माईस्थान देखी उतर नेपाल टेलीकम सम्म सडक पेटीमा बजार संचालन हुदां पैदल यात्रु र सवारी साधानहरुलाई आवत जावतमा कठिनाई समेत भएको छ । माईस्थान देखी उतर नेपाल टेलीकम सम्म सडक अतिक्रमण गरी पेटीमा ब्यवसाय गरेका तरकारी , फलफुल बजार हटाउनका लागी महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सा र मीना बजार सामुदायीक प्रहरी सेवा केन्द्रलाई पटक पटक पत्रचार गर्दा पनि हाल सम्म कारवाही प्रक्रिया अगाडी बढेको छैन् । यस सम्बन्ध बीरगंज महानगरपालिका मेयर बिजय सरावगी संग बुझन खोज्दा बिपी उद्यानको जग्गामा अतिक्रमण गरेर ब्यवसायी गरेका गैर कानुनी भएको भन्दै अतिक्रमण गरेका ब्यतिmहरुलाई एक सप्ताह महानगरपालिकाले समय दिएको बताउनु भयो । समयवधि भित्र खाली नभएपछि कानुनी प्रकिया अगाडी बढाउने बताउनु भयो ।