ककड्भिटाबाट हेटौडा तर्फ जांदै गरेको ना ५ ख ४९२३ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजांच गर्दा अबैध तरिकाले ल्याएको २० कार्टुन ३०० पिस सेतो फिनाईल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले छड्के चेकिंग गर्दा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित रहेको नजिकै ककड्भिटाबाट हेटौडा तर्फ जादै गरेको बसलाई नियन्त्रणमा लिई चेकजांच गर्ने क्रममा बिल नभएको फिनाईल बरामद भएको बाराका डिएसपी एव् प्रवतmा राजेश थापाले बताउनु भयो । अन्दाजी २५ हजार रुपैय पर्ने फिनाईललाई नियन्त्रणमा लिई कारवाहीको लागी प्रकिया अगाडी बढाएको छ । यसैगरी मापशे गरी सवारी साधान चलाईरहेको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरानबाट पोखरा तर्फ जादै गरेको ना १ ख ५७०० नम्बरको यात्रुबसका चालक सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर ११ खनाट निवासी ४४ वर्षिय ईन्द्रलाल शिरीलाई नियन्त्रणमा लिएको बाराका डिएसपी राजेश थापाले बताउनु भयो । निजगढ नगरपालिका वडा नम्बर ११ बकैया पुल नजिकै टा्रफिक प्रहरीले चेर्किग गर्दा उतm बसको चालक शिरीले मादक पदार्थ सेवन गरी सवारी साधान चलाएको हुनाले नियन्त्रणमा लिएको बताउनु भयो ।