मुख्यमन्त्री मुर्दावाद, बीरगंजलाई राजधानी कायम गर, बिधायकहरु होसियार नारा लगाउंदै बीरगंजका युवाहरु सडकमा ओर्लिएर नाराबाजी तथा बृहत जुलुश प्रर्दशन गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेश मान सिंहको अगुवाईमा बीरगंज आदर्शनगर स्थित रहेको स्वीमिंड पुलबाट निस्कीएको खबरदारी जुलुश नगरको बिभिन्न भाग परिक्रमा गरी घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दे प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्य प्रल्हाद गिरी प्रदेश नम्बर दुईको राजधानी बीरगंज हुनुपर्ने कुृरामा जोड दिनुभयो । केही राजनितिक दलका नेताहरुलाई बीरगंज देखी नफरत भएको हुनाले उनीहरु जनकपुरलाई राजधानी बनाउनु पर्नेमा सहमत भएका छन् । आफु हिजो पनि बीरगंजलाई राजधानी बनाउनु पर्नेमा अडिक थिए र आज पनि अडिक छु । प्रदेश सभा सदस्य गिरीले भन्नु भयो, यसैगरी लोसपाका नेता राजेश मान सिंहले बीरगंजलाई राजधानी बनाउनका लागी आफु कहिले पनि पछाडि नपर्ने बताउनु भयो । मधेश आंदोलनले गर्दा आज प्रदेश नम्बर दुईमा मधेशी दलको सरकार छ ,मधेश आंदोलनलाई शिखरको उचाईमा पुयाउन बीरगंजको अहम भुमिका रहेको भन्दै राजधानी बीरगंज नै हुनुपर्ने नेता सिंहले बताए । जनकपुरमा बसेका नेताहरुलाई खबरदारी जुलुशको बारेमा अवगत नै भएको होला । यो खबरदारी जुलुश मात्र हो बीरगंजको बिपक्षमा उभिने नेताहरु बीरगंजको भलो नचाहेको त्यस्ता नेताहरु होसियार हुनका लागी खबरदारी जुलुश प्रर्दशन गरिएको नेता सिंहले बताउनु भएको छ । मधेशी शहिदहरुको बलिदानीका मुल्यांकन गरी बीरगंजलाई नै राजधानी बनाउनु पर्ने जुलुशमा सहभागी भएका वतmाहरुले बताएका छन् । खबरदारी जुलुशमा महिला तथा युवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।