बीरगंजमा थप ११ वर्षिय बालिकाको शव फेला परेको छ । महानगरपालिका वडा नम्बर ७ रामटोल नजिकै रहेको कञ्चन माध्यमिक बिधालयको दक्षिणतर्फ निर्माणधिन भवनको गल्लीमा बीरगंज भिष्वा निवासी ११ वर्षिय नाबालिको शव फेला परेको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । निर्माणधीन भवनमा काम गर्ने आएका मजदुरले नाबालिकाको शव देखेपछि स्थानियहरुलाई खबर गरेका थिए । ११ वर्षिय नाबालिकाको शव फेला परेको पर्सा प्रहरीलाई जानकारी आएपछि घटनास्थलमा पुगी प्रहरीले शवको परिस्थिती हेर्दा युवतीको हत्या भएको आंशका गरेको छ । हत्याको आंशकामा मृत्क नाबालिकाको बुवा सहित अन्य दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक खनालले बताउनु भयो । अहिलेको अवस्थामा केही भन नमिल्ने भन्दै पोष्टमार्डमको रिर्पाेट आएपछि मात्र केही भन मिल्ने बताउनु भयो । यसैगरी पर्सा जिल्लामा तीनजनाको शव फेला परेको छ ।