आगो ताप्ने क्रममा जलेर एक महिला घाईते भएकी छिन् । कलैया उपमहानगरपालिका वडा नम्बर १० मोतिसर बस्ने सुरेश बैठाको २६ वर्षिय श्रीमती प्रमीला देबी घरमा जाडोबाट बच्नका लागी तगारीमा आगो बालि आगो ताप्ने क्रममा एक्कासी साडीमा आगलागी भएको थियो । आगलागीबाट प्रमिलाको हात खुटा जलेको छ भने उनको कलैयामा उपचार नभएपछि थप उपचारको लागी बीरगंजको नारायाण्ी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवम् प्रवतmा राजेश थापाले बताउनु भयो ।