लागु औषध सहित पर्सा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । लागु औषध चामलको बोरा भित्र लुकाई छिपाई लागु औषध लगीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा धोबिनी गाउापालिका वडा नम्बर २ आशवारी बस्ने १९ वर्षिय पृथ्वी सिंह कुर्मीलाई प्रकाउ गरिएको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । बिशेष सुचनाको आधारमा प्रहरीले पैदल हिडीरहेका कुर्मीले बोकेको चामल चेकजांच गर्दा अबैध लागु औषध नुफ्रिन २५० एम्पल, डाइजीपाम २५० एम्पुल, र फेनारगण २५० एम्पुल गरी ७५० पिस बरामद गरिएको डिएसपी खनालले बताए । प्रहरीको हिरासतमा रहेका कुर्मीलाई थप अनुसन्धान भईरहको पर्सा प्रहरीले जनाएको छ । लागु औषधमा प्रकाउ परेका पृथ्बी सिंहले चामलको बोरा भित्र लागु औषध लुकाई छिपाई बिभिन्न जिल्लाहरुमा पठाउने कार्य गरेका ब्यतिm हुन् ।