फरार अभियुतmलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । २०७७, ६, ६ गते मकवानपुर जिल्ला अदालतले चेक अनादर मृद्धामा हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३६ वर्षिय कोपेला लामालाई दोषी ठहर गरेको थियो । अदालतको फैसला आएपछि लामा फरार भएका थिए । बिशेष सुचनाको आधारमा लामा लुकीछिपी बस्दै आईरहेको प्रहरीलाई जानकारी आएपछि हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बाट लामालाई प्रकाउ गरी अदालतमा पेश गराईएको मकवानपुर प्रहरीले जनाएको छ ।