श्रोत नखुलेको रकम सहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई प्रकाउ गरेको छ । सशस्त्र प्रहरी नेपाल दुई नम्बर प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको स्वावाड टोली र सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटका प्रहरी टोलीले बिशेष सुचनाको आधारमा १४ लाख ५० हजार नेपाली रुपैया सहित भारत बिहार पृर्वी चम्पारण जिल्ला तेल्हारा कला ७ बस्ने ३९ वर्षिय संजय कुमार जैसवाललाई प्रकाउ गरीएको प्रदेश नम्बर दुईका सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो । अबैध रकमको कारोवार भईरहेको सुचना आएको डिआईजी मगरले भने, सुचना पाउन बितीकै भारतबाट नेपाल तर्फ आउंदै गरेको बी आर ०५ एजी ८०५६ नम्बरको अपाची मोटरसाईकल रोकेर जैसवालको शरीर खानतलाशी गर्दा मोजा भित्र लुकाई छिपाई राखेको अवस्थामा रौतहट ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाबाट प्रकाउ गरीएको बताउनु भयो । प्रकाउ परेका जैसवाललाई रकम सहित मोटरसाईकल नियन्त्रणमा लिई थप कारवाहीको लागी रौतहट भन्सार कार्यालय पठाएको डिआईजी मगरले बताउनु भएको छ ।