४ सय १३ जनाको पिसीआर परिक्षण गर्दा ८ जनलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सात जना मध्ये एक जना पर्साका प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । बीरगंजमा कोरोना भाईरसको ग्राफ बढ्ने क्रममा रहेको छ । खुल्ला सिमा नाका भएको हुनाले नाका ब्यवस्थित हेल्थ डेस्क , स्वास्थ्यकमीको कमीले गर्दा भारतबाट नेपाल आएक सम्पुर्ण यात्रुहरुको स्वास्थ्य परिक्षण गर्नमा समस्या भएको हेल्थ डेस्कमा खटिएका एक कर्मचारीले गुनासो गरे, दैनिक पांच हजार भन्दा बढी नेपालबाट भारत र भारतबाट नेपाल आउनेको संख्या रहेको छ । सबैजनाको स्वास्थ्य परिक्षण गर्नेमा समस्या भएपनि केही प्रतिशत नागरिकहरुको परिक्षण गरिहेको उनले बताए , हेल्थ डेस्क अझै प्रभावकारी भयो भने र थप जनशतिm थप्यो भने७० प्रतिशत यात्रुहरुको स्वास्थ्य परिक्षण गर्न सकिने बताउनु भयो । यसैगरी ओम्रिकोनको संक्रमण तीब्र गतिमा फैलिरहेको हुदां पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल , पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत लगायतका टोलीहरुले नेपाली सेना द्धारा निर्माण गरीएको बीरगंज भन्सार कार्यालय भित्र एक हजार क्षमताको होल्डिंग सेनटर अवलोकन तथा निरीक्षण गरेका छन् ।