कोरोना भाईरसको संक्रमणमा बृद्धी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको नेतृत्वको टोलीले मास्क नलाउनेलाई एक सय जरिवाना गरिने बताउनु भयो ा जिल्ला प्रशासन कार्यालय पर्साले सामुदायीक प्रहरी सेवा केन्द्रहरु सँगको सहकार्य गरेको सचेतनामुलक कार्यक्रम अन्तर्गत पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले बीरगंज नगर क्षेत्र भित्र माक्स नलगाएका ब्यतिmहरुलाई माक्स बिरण गर्नु भएको हो । बीरगंजको घंटाघर देखी शंकराचार्य गेट सम्म प्रमुख जिल्ला अधिकारी ढकालले पांच हजार नि शुल्क मास्क बितरण गर्नु भएको थियो । कोराना भाईरसबाट बच्नका लागी सबै जनाले मास्”क लगाउनु पर्ने उदेश्यका साथ मास्क बितरण गरिएको प्रजिअ ढकालको भनाई रहेको छ । मास्क बितरण कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक उमेश कुमार बस्नेत , सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सरार्फ, १३ नम्बर गणपति पति राजेन्द्र खड्का र बीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई लगायतको उपस्थिती रहेको थियो ।