पर्सा प्रहरीले मुख्तार मियाँको हत्यामा संकलन रहेको आरोपमा पांचजनालाई नियन्त्रणमा लिई पत्रकार सम्मेलन गरी सार्वजिनक गरेको छ । भारत बिहार बैशाली , गा्रमपञ्चात महुवा घर भई हाल बीरगंज उमहानगरपालिका वडा नम्बर ३ छपकैयामा ई रि रिश्सा संचालन गरी ब्यवसाय गर्दै आएका ४५ वर्षिय मुख्तार मियांको हत्यामा संकलन रहेका ६ जना मध्ये पांचजनालाई प्रकाउ गरीएको छ भने एकजना फरार रहेको पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले पत्रकार सम्मेलनमा बताउनु भयो । हत्यामा मुख्य योजनकार भारत बिहार पुर्वी चम्पारण मोतीहारी वडा नम्बर ६ घर भई हाल बीरगंज वडा नम्बर ३ छपकैयामा बस्दै आएका ३० वर्षिय ई रिक्शा चालक सुनिल कुमार र बारा जिल्ला परवानीपुर गाउापािलका वडा नम्बर ५ बस्ने कार्टुन फयाक्ट्रीमा काम गर्दे आएका निकेश पटेल रहेका छन् । अन्यमा तीनजना हत्या घटनामा संकलन रहेको आंशकामा भारत बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर वडा नम्बर ३ घर भई हाल बीरगंज महानगरपािलका वडा नम्बर ३ छपकैयामा बस्दै आएका सपन मण्डल , भारत बिहार घर भई हाल छपकैया वडा नम्बर २ मा होटल ब्यवसायी गर्नै ३५ वर्षिय बक्सर भन्ने नाजिर हुसैन र सोही स्थान बस्ने ५० वर्षिय बाबर हुसैन रहेका छन् । हत्याको मुख्य योजनकार सुनिल कुमार र निकेट पटेलले रकमको प्रलोभनमा परी मुख्तार मियाँको हत्या गरीएको पर्सा प्रहरी समक्ष बयान दिएको प्रहरी उपरिक्षक बस्नेतले भने, मृत्क मियाँ र प्रकाउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएको पटक पटक झै झगडा हुने गरेको प्रहरीको अनुसन्धानमा देखएिको छ । मृत्क मुख्तार मियांको हत्या हुनुभन्दा २४ घण्टा अगाडी सपन संग झगडा भएको थियोा । झगडामा सपनले तिमा्रे म हत्या गरेर लाश गायब गरिदिन्छु भन्दै धम्की दिएका थिए । झगडा भएको राती देखी सपन मण्डलले मियाँको हत्या गर्नका लागी योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । झगडा भएको भोलीपल्ट मियाँलाई मण्डलले रकसौल जाउं भनेर भनेका थिएा मृत्क मियाँ रक्सौल जान नमानेपछि मण्डलले सुनिल कुमारलाई ई रिक्शा किनेदिने र नेपाली रु पच्चास हजार रुपैया दिने आर्थिक प्रलोभन दिई भएपछि सुनीलले हत्याको योजना बनाएका हुन् ा मृत्क मियाँ बीरगंजको नारायणी अस्तपाल अगाडी श्रीमतीले ठेला पसल छेउमा ई रिक्शा रोकेर बसीरहेको अवस्थामा करिब सांझ ६ बजे निकेशले गण्डकको बयोधा अस्तपालबाट डेलिभरी केस नारायणी अस्तपालमा ल्याउनु पर्ने भन्दै रु नेपाली पांस सय रुपैया दिन्छौ भनेपछि मुख्तारले चलाएका प्रदेश नम्बर २ , ०३, ००१, ह ६६९ इ रिक्शामा सवार भई गएका हुन् । ेपहिला देखी नै मियांको हत्याको योजना बनाएका निकेश , सुनील र भारतीय नागरिकले फलामको रेन्चले मुख्तारको टाउको प्रहार गरी हत्या गरेको हो । फलामको रेन्चले घटनास्थलमा मृत्यु भएका मियाालाई नहर उताने फालेर पल्टाईदिई मुख्तारको ई रिक्शा बाराको फेटा गाउँपालिका वाड नम्बर ४ पिलाहा सडकमा छाडी फरार भएका हुन् । घटनालाई अन्जाम दिएपछि सुनीलले बाबरर बक्सरलाई फोन गरी बोलाएर मृत्क मुख्तार मियांको रगतले भरियएर सर्ट नष्ट पारेको र हत्यामा प्रयोग गरिएको रेन्चलाई पनि फालेको अनुसन्धानको क्रममा दखिएको प्रहरी उपरिक्षक बस्नेतले बाउनु भयो । गत पुष २१ गते बीरगज गण्डक स्थित रहेको बयोधा अस्तपाल नजिकै मुख्तारको शव फेला परेपछि पर्सा प्रहरीले अनुसन्धान थालिएको थियो । अनुसन्धान गर्दे जांदा मुख्तार मियांको हत्यारालाई प्रकाउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भएको छ । हत्यामा संकलन रहेका भारतीय नागरिकको खोजतलाशी जारी रहेको डिएसपी खनालले बताए । प्रहरीले घटनास्थलबाट मियांले लगाएको जुता, सर्ट, ज्याकेट र हत्यामा प्रयोग भएको दुईवाट ई रिक्शा पनि बरामद गरेको छ ।