मकवानपुर प्रहरीले अबैध लागु औषध चरेस सहित १० किलो गांजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रमुखले बिशेष सुचनाको आधारमा चितवनबाट हेटौडा तर्फ आउंदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिई चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध चरेस १० किलो र गांजको धुलो सहित मकवानपुर राक्सिराड गाउंपालिका वडा नम्बर ६ बस्ने ३३ वर्षिय सन्त बहादुर थिड र सोही स्थान बस्ने २७ वर्षिय ललित बहादुर थिड र चितवन राप्ती नगरपालिका वडा नम्बर ११ बस्ने भण्डरा निवासी २८ वर्षिय राम बहादुर तमांग रहेका छन् । प्रहरीले गांजा र चरेसमा प्रयोग भएको पिकअप गाडी नियन्त्रणमा लिई तीनजना संग थप अनुसन्धान थालिएको मकवानपुर प्रहरीले जनाएको छ ।