पर्सा प्रहरीले लागु औषध चरेश सहित एक महिलालाई प्रकाउ गरेको छ । रौतहट पिपरीया परोवा नगरपालिका वडा नम्बर ९ बंकुल टोल बस्ने ४२ वर्षिय रंजु देबीलाई अबैध लागु औषध १० किलो चरेश प्रकाउ गरीएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताउनु भयो । बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको शंकराचार्य गेटमा ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजांच गर्र्ने े क्रममा पैदल बीरगंजबाट रक्सौल तर्फ जांदै गरेको महिलालाई शंकाको आधारमा शरीर खानतलाशी गर्दा चरेशको प्याकेट बनाई ढाड र खुटामा पहेलो रंगको कपडाको डोरीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा १० किलो लागु औषध चरेश सहित रंजु देबी प्रकाउ परेकी छिन् । प्रकाउ परेका रंजुलाई लागु औषध सम्बन्धी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ।