पर्सा प्रहरीले अपहरण गरी लुटपाट गरेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ । बारा जिल्ला सिमा्रेनगढ नगरपालिका वडा नम्बर ७ पर्सा टोला निवासी २३ वर्षिय माजिद अंसारी बिरामी भई पोखराबाट बीरगंज आएकोमा सोमवार राती ना २ ह २७३६ नम्बरको अटोरिक्शा चालक सहित उनका सहकर्मीहरुले अंसारी संग रहेको एक थान मोबाईल र नगद रुपैय लुटी बीरगंज महानगरपािलका वडा नम्बर १५ प्रतिमाचौक स्थित सडक छेउमा लुटेका हुन् । अर्धचेत अवस्थामा अंसारीलाई दुई घण्टामा सम्म अपहरण गरी लुटपाट गरेको पर्सा प्रहरीले जनाएको छ । अपहरण र लुटपाट गरीएको पर्सा प्रहरीलाई जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले २४घण्टा बित्न नपाउंदा तीन अपहरणकारी र लुटपाटमा संकलन रहेकाहरुलाई प्रकाउ गरीएको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । प्रकाउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर १५ बस्ने २० वर्षिय सुमन श्रेष्ठ , सोही स्थान बस्ने १८ वर्षिय बिकाश थापा मगर र रमेश कुमार सोनार रहेका छन् । प्रहरी हिरासत रहेका तीनजनालाई अपहरण तथा लुटपाट सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी खनालले बताउनु भयो ।